राहुकाल

बिहान १० बजेर २६ मिनेटदेखि ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालमा कुनै पनि शुभकार्य नगर्न सुझाव दिइएको छ ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ४८ मिनेटदेखि ५ बजेर ३६ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

अध्ययन–अध्यापनप्रति रुचि बढ्नेछ । प्रतिस्पर्धात्मक परीक्षामा अग्रस्थान कायम गर्न सकिनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट मुक्ति पाइनेछ । न्यायिक निर्णय तपाईंको पक्षमा आउनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जालमार्फत आफ्ना विचार फैलाउन सकिनेछ । खानपान र मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

आमा वा आफन्तको सहयोगमा उपलब्धिमूलक काम गर्न सकिनेछ । घरजग्गा वा सवारी साधनको कारोबारबाट लाभ मिल्नेछ । व्यापारमा वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्दै जानेछ । प्रेम सम्बन्धका लागि अनुकूल समय छ । सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागिता बढ्दै प्रतिष्ठा उकासिनेछ । शुभ–माङ्गलिक कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

छोटो तथा रमाइलो यात्रा हुनेछ । प्रेमी–प्रेमिकाबीच समझदारी बढ्नेछ । खोजमूलक क्षेत्रमा मन जानेछ । आम्दानी बढाउने काम समयमै सम्पन्न भई आर्थिक स्थिति मजबुत बन्दै जानेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण काम पूरा हुनेछ । विवादित विषयहरू तपाईंको पक्षमा झर्नेछन् । माङ्गलिक कार्यक्रममा सहभागी भई स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

चन्द्रमाको अनुकूल प्रभावले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधारिनेछ । व्यवसाय फस्टाउँदै जानेछ । उठ्नुपर्ने रकम हात लाग्नेछ । शुभकार्य तथा माङ्गलिक समारोहमा सहभागी भई रमाइलो समय बिताउने अवसर मिल्नेछ । माया प्रेममा नजिकिन सकिनेछ । अध्ययन वा कामको सिलसिलामा विदेश यात्रा सम्भावना छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

नयाँ प्रविधि प्रयोग गरी व्यापार विस्तार गर्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । मेहनतले लक्ष्य नजिक्याउनेछ । प्रेममा एकअर्कालाई बुझ्ने अवसर मिल्नेछ । राजनीतिभन्दा समाजसेवामा समय दिनेहरूले सम्मान र प्रतिष्ठा पाउनेछन् । खानपान तथा मनोरञ्जनमा समय बित्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

लामो दूरीको विदेश यात्रा सम्भावित छ । विदेशमा पेसा–व्यवसाय वा अध्ययन गरिरहेका लागि दिन फलदायी रहनेछ । खर्च वृद्धि भए पनि उपलब्धिमूलक काम हुनेछन् । अग्रजसंग समय बिताउन पाइनेछ । छोटो धार्मिक यात्रा सम्भावित छ । नियम–कानुनको अवहेलना गरे जरिवाना तिर्नुपर्न सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिबाट धन आर्जन सम्भव छ । व्यापार तथा उद्योगमा लगानीबाट राम्रो लाभ पाइनेछ । अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । प्रेमसम्बन्धका लागि अनुकूल समय छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

पुराना समस्याको समाधान भई आम्दानीका नयाँ स्रोत खुल्नेछ । शत्रु परास्त हुनेछन् । आफ्नो क्षेत्रमा प्रभाव बढ्नेछ । बुवा वा बुवा सरहका व्यक्तिबाट सहयोग मिल्नेछ । नोकरी र व्यवसायमा देखिएका चुनौती हट्दै प्रगति हुनेछ । पुराना काम सफल भएर लगानी विस्तार गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

धार्मिक स्थल तथा मन्दिर जाने अवसर मिल्नेछ । साथीभाइको साथमा नयाँ योजना निर्माण गरी कार्यान्वयन गर्न सकिनेछ । अनुसन्धान तथा अध्ययन क्षेत्रमा प्रगति हुनेछ । लामो दूरीको शैक्षिक वा धार्मिक यात्रा सम्भावित छ । भाग्य बलियो हुँदा कम लगानीबाट पनि राम्रो आम्दानी हुने योग छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

पुराना लगानी फिर्ता आएपछि नयाँ क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । प्रेममा देखिएको शंका तथा अविश्वास हट्दै सम्बन्ध मजबुत बन्छ । व्यापार–व्यवसाय फस्टाउनेछ । समाजसेवामा समय खर्च हुनेछ । शैक्षिक तथा धार्मिक यात्रा सम्भावित छ । विदेशमा प्राविधिक शिक्षा लिएका लागि समय शुभ छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

एकल वा साझेदारी व्यवसायमा लगानी गरेर राम्रो नाफा कमाउन सकिनेछ । पारिवारिक यात्रामा स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । प्रेममा सामिप्यता बढ्नेछ । दाम्पत्य सम्बन्ध मजबुत बन्छ । सामाजिक सञ्जालमार्फत आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ । माङ्गलिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

न्यायिक निर्णय अनुकूल हुनेछन् । शत्रु परास्त हुनेछन् । अध्ययन तथा नोकरीमा प्रतिस्पर्धा जितेर अग्रस्थानमा आउन सकिनेछ । प्रेम सम्बन्धका लागि समय शुभ छ । व्यापार तथा उद्योगमा लगानी गरी दिगो फाइदा हुने काम थालनी गर्न सकिनेछ । अध्ययन वा कामकै सिलसिलामा लामो दूरीको यात्रा हुने योग छ ।

तपाईंको दिन शुभ रहोस् ।