काठमाडौँ ।

बुधबार सेयर बजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.५६ अङ्कले घटेर २,५४४.५९ बिन्दुमा झरेको हो ।

आज बजारमा ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बुधबार ३२१ कम्पनीका ८४ लाख कित्ता सेयर किनबेच भएका छन् । सो कारोबारबाट ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर को सेयर कारोबार भएको हो, जसको कारोबार मूल्य करिब ४० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, राधी विद्युत कम्पनी को २२ करोड, साहस उर्जा को १४ करोड, युनियन हाइड्रोपावर को १३ करोड र शिवम् सिमेन्ट को ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुगोल इनर्जी र सागर डिस्टिलरी का सेयर मूल्य १० प्रतिशतले बढेका छन् । त्यसैगरी बुंगल हाइड्रो र बन्दीपुर केबलकार का सेयर मूल्य ९.९८ प्रतिशतले बढेका छन् ।

बुधबारको कारोबारमा उत्पादन समूह बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक २.३५ प्रतिशतले घटेको छ । अन्य समूह १.३३ प्रतिशतले घटेका छन्, बाँकी समूहमा भने गिरावट एक प्रतिशतभन्दा कम रहेको छ ।