दाङ । भन्सार छली ल्याएका २८ बोरा चिनी प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा सोमबार प्रहरीले चेकिङ गर्ने क्रममा उक्त चिनी बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

कपिलवस्तुबाट प्यूठानतर्फ गइरहेको लुप्र ०१–००१ ख ००५८ नम्बरको मिनी ट्रकमा अवैध रूपमा ल्याइएको १ लाख ४० हजार रुपैयाँ बराबरको चिनी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको शाहले जानकारी दिए ।