न्युयोर्क ।

अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कका मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मो:मो खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् ।

उनीहरूले त्यहाँ नेपाली परिकार मो:मोको स्वाद लिएका थिए ।

जोहरानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर–निर्वाचितको रूपमा पहिलो व्यस्त दिन : बिहानै अन्तर्वार्ताहरू, सङ्क्रमणकालीन घोषणाहरू र बैठकहरू ।

यी सबैको बारेमा भोलि थप भन्नेछु । तर यसको एउटा उत्कृष्ट क्षण ज्याक्सन हाइट्सको लालीगुराँस बिस्ट्रोमा मेरी कंग्रेसवुमन कर्टेजसँगको दिउँसोको खाना थियो ।’

३४ वर्षीय ममदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली मूलका व्यक्ति र अफ्रिकामा जन्मिएका पहिलो व्यक्ति बनेका छन् ।