काठमाडौँ ।

आज काठमाण्डौमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा रु. १,१०० ले घटेर तोलाको रु. २,३७,२०० मा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको रु. २,३८,३०० रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा रु. २५ ले घटेर तोलाको रु. २,९९० मा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलाको रु. ३,०१५ रहेको थियो ।