आजको राहुकाल, ब्रह्म मुहूर्त र राशिफल

राहुकाल
नबिल बैंकका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटदेखि बिहान ९ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ४० मिनेटदेखि बिहान ५ बजेर २८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा विशेष सावधानी अपनाउनुपर्छ । समयमा काम नबन्ने तथा अवसर गुम्ने सम्भावना रहेको छ । गलत कार्यमा संलग्न हुँदा प्रतिष्ठामा असर पर्न सक्छ । पढाइमा ध्यान नजाँदा पछि पर्ने चिन्ता रहला । माया–प्रेममा धोका तथा दाम्पत्य सम्बन्धमा विवादको योग देखिन्छ । तर पनि लामो दूरीको यात्राको संभावना छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आर्थिक दृष्टिले दिन अनुकूल रहनेछ । अधुरा योजनाहरू पूरा हुनेछन् । व्यापार र पशुपालन व्यवसायबाट लाभ हुने संकेत छ । सन्तान सुख प्राप्त हुनेछ र परिवारमा माङ्गलिक कार्यको सम्भावना छ । पढाइमा राम्रो नतिजा प्राप्त भई मन प्रसन्न हुनेछ । प्रेम सम्बन्ध मजबुत बन्नेछ । यात्रा र मनोरञ्जनका अवसर मिल्नेछन् ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
राजनीति र समाजसेवामा जनताको हितका काम गर्न सकिनेछ । पद प्राप्तिको योग बलियो छ । नयाँ अवसर मिल्नेछ भने नोकरीमा बढुवा वा स्थानान्तरणको सम्भावना रहला । पैतृक सम्पत्ति प्राप्त हुने योग छ । अध्ययन वा कार्यका सिलसिलामा यात्राको संभावना छ । तर मौसमको प्रतिकूलताले कृषि व्यवसायमा असर पार्न सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ । धार्मिक र शैक्षिक यात्राको योजना बन्न सक्छ । व्यापार वा शेयर बजारमा गरिएको लगानी भविष्यमा लाभदायी हुने देखिन्छ । अनुसन्धानमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुने अवसर मिल्नेछ । प्रेमी–प्रेमिकाका लागि रमाइलो यात्राको योग छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आफन्तसँग मनमुटाव हुने सम्भावना छ । परिस्थिति अनुसार नचल्दा कठिनाइ भोग्नुपर्न सक्छ । व्यापारमा घाटा लाग्ने योग छ । माया–प्रेममा धोका र दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । पढाइमा ध्यान नदिँदा पछाडि पर्ने चिन्ता रहला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यवसायको सिलसिलामा छोटो यात्रा हुने सम्भावना छ । लगानीबाट नाफा कमाउन सकिनेछ । भौतिक सुखसुविधा बढ्नेछ । अध्ययन, लेखन, कला र गीत–सङ्गीतमा रुचि बढ्नेछ । तपाईंको प्रतिभाको प्रशंसा हुनेछ । प्रेममा विश्वास बढ्नेछ र दाम्पत्य जीवन सुमधुर बन्नेछ । वित्तीय क्षेत्रबाट पनि लाभ हुने संकेत छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
व्यवसायमा आम्दानी बढ्नेछ । पुराना विवाद सुल्झाउने अवसर मिल्नेछ । शत्रुहरू परास्त हुनेछन् । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । न्यायालयमा हुने निर्णय तपाईंको पक्षमा आउनेछ । पढाइमा उत्कृष्ट नतिजा प्राप्त भई मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यापार र शेयर बजारमा लगानीबाट लाभ प्राप्त हुनेछ । सन्तानको प्रगति देखेर मन प्रसन्न हुनेछ । वंशवृद्धिको संभावना छ । पढाइमा सुधार हुनेछ । आकस्मिक धन लाभको योग छ । मनपर्ने व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पति–पत्नीबीच मनमुटाव हुन सक्छ । पढाइमा ध्यान नदिँदा पछि पर्न सकिन्छ । राजनीति र समाजसेवामा संलग्नहरूका लागि समय मध्यम छ । व्यापारमा नाफा कमाउन समय लाग्न सक्छ । तर शेयर बजारबाट सानो आम्दानी हुने संभावना छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
आट, साहस र पराक्रम बढ्नेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ । लेखन र साहित्यमा बाँकी काम पूरा गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । सामाजिक सञ्जालमार्फत आफ्नो विचार प्रकट गर्न सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
अध्ययनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आय–आर्जनमा वृद्धि हुनेछ । नयाँ कार्य सुरु गर्न उपयुक्त समय छ । ठूला व्यक्तिको सहयोगमा विशेष काम पूरा हुनेछ । व्यापार र शेयर बजारमा नाफा हुने सम्भावना छ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
अध्ययनमा सुधार हुनेछ । परिवारसँग रमाइलो समय बित्नेछ । मेहनतले लक्ष्य प्राप्त हुनेछ । व्यवसाय फस्टाउनेछ र लगानीमा नयाँ अवसर आउन सक्छ । आम्दानीमा वृद्धि हुनेछ । राजनीतिमा पद प्राप्तिको संभावना छ ।

तपाईंको दिन शुभ रहोस् ।