काठमाडौँ ।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोला पुल नजिकै माथिबाट ढुंगा झर्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरले शुक्रबार बिहान भिडिओसहित जारी गरेको सूचनाअनुसार ढुंगाहरू झर्ने क्रम रोकिएपछि पहिरो हटाउने काम थालिने छ ।

सचेत गराउँदै सूचनामा भनिएको छ, वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ ।