काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पाएको छ ।

यूएईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको अमेरिकालाई निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनमा सीमित पारेको हो ।

अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले १ सय बलमा ९ चौका प्रहार गर्दै ७५ रन बनाए र रन आउट भए ।

साइतेजा मुक्कमल्लाले ४२ रन जोडे भने उनी सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए । मिलिन्द कुमार अविजित रहे भने आन्द्रेस घोषले ११ र कप्तान मोनान्क पटेलले १० रन थपे ।

नेपालका बलरमध्ये सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरिले समान १–१ विकेट आफ्नो नाममा गरे ।

नेपालले केहीबेरमै लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ ।