काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन । अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहनेछ ।

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहन सक्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया खुला रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।