बिहान ४ बजेर २७ मिनेटदेखि बिहान ५ बजेर १५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
साहसी र पराक्रमी क्रियाकलापमा भाग लिएर नाम र दुवै कमाउन सकिनेछ । अदालतबाट न्याय सम्पादन तपाईंको पक्षमा हुने सम्भावना छ । लेखन, कला तथा साहित्यको क्षेत्रमा दिन राम्रो रहनेछ । प्रेम सम्बन्धमा आत्मीयता अझ गहिरिनेछ । अनलाइन व्यापार, शेयर बजार र उद्योगमा गरिने लगानी लाभदायक हुनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान प्राप्त हुने योग छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
धन स्थानमा चन्द्रमाको गोचरले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा धन र भौतिक सम्पत्ति संकलन गर्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन र सञ्चार व्यवसायमा संलग्नहरूका लागि समय अनुकूल छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछन् । मनपर्ने भोजन, उत्तम वस्त्र र विलासी सामग्रीको प्रयोगले मन प्रसन्न रहनेछ । पुराना साथीहरूसँग भेटघाट हुने सम्भावना छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
नयाँ प्रविधिको प्रयोग गर्दै रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागि जनताको काम समयमा सक्दा पद प्राप्तिको सम्भावना रहनेछ । विद्यार्थीहरूले मेहनत गर्दा उत्कृष्ट नतिजा पाउनेछन् । विलासिता बढ्नेछ र अरूको ध्यान आफू तिर आकर्षित गर्न सकिनेछ । लामो समयपछि साथीभाइ भेटिने हुँदा दिन रमाइलो हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
खानपानमा लापरबाही गर्दा स्वास्थ्य समस्या बढ्न सक्छ, सतर्क रहनुहोस् । आफ्नै कमजोरीले विवादमा परिने र प्रतिस्पर्धामा पछि परिने सम्भावना छ । आफन्त र शुभचिन्तकको बेवास्ता गर्दा दुःख पाइनेछ । प्रियजनबाट टाढिनु पर्ने स्थितिमा मन खिन्न हुन सक्छ । अन्यायपूर्ण कार्य गर्दा दण्डको सम्भावना छ । मिठो भोजनले आकर्षण त ल्याउनेछ, तर स्वास्थ्यमा असर गर्न सक्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पैत्रिक तथा प्राकृतिक स्रोतसाधनको प्रयोगबाट आम्दानी बढ्न सक्नेछ । आफन्तको सहयोगले घरपरिवारको इच्छा पूरा गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रबाट लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ र दाम्पत्य जीवन सुखद रहनेछ । राजनीति र समाजसेवामा अनावश्यक भेटघाट कम गर्नु उचित हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति र समाजसेवामा सक्रिय रहनेहरूलाई जनताको समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन लाग्नेछ र राम्रो नतिजा हात पर्नेछ । नयाँ कामको अवसर प्राप्त हुने वा जागिरमा बढोत्तरी हुने सम्भावना छ । व्यवसाय वा शेयर बजारमा लगानी गर्दा आगामी दिनमा फाइदा हुनेछ । स्रोतसाधनको उचित प्रयोग गरी उत्पादन बढाउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कार्यबाट राम्रो नतिजा प्राप्त हुनेछ । धर्म, अध्यात्म तथा दर्शनप्रति रुचि बढ्नेछ । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानीबाट आम्दानी हुनेछ । पारिवारिक सम्बन्ध, प्रेम जीवन र दाम्पत्य सुखमा सन्तुलन रहनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
व्यवसायमा लगानी गरे पनि लाभ प्राप्तिमा ढिलाइ हुन सक्छ । आम्दानीभन्दा खर्च बढी हुने सम्भावना छ । बोल्दा संयमता नअपनाए विवाद निम्तिन सक्छ । सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अध्ययनमा समय दिँदा पनि अपेक्षित परिणाम प्राप्त नहुन सक्छ । मनमा निराशा उत्पन्न हुने संकेत छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
घरायसी सेवा सुविधा प्रयोग गरेर अगाडि बढ्न सकिनेछ । आफन्त र साथीभाइको साथ रहनेछ । व्यापारमा लाभ बढ्न सक्नेछ र आर्थिक अवस्था मजबुत हुने संकेत छन् । प्रेममा रमाउनेहरूका लागि समय अनुकूल छ । विपरीत लिङ्गको सहयोगले सफलता प्राप्त हुनेछ । विलासी वस्तुको प्रयोगले सामाजिक प्रभाव बढ्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्दै सफलता प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ । व्यापार, शेयर बजारमा लगानी बढाउँदा आम्दानीका स्रोत बढ्नेछन् । पुराना रोग वा समस्याहरू हट्दै जानेछन् । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । अध्ययनमा उत्कृष्टता प्राप्त हुनेछ । अदालतका निर्णय तपाईंको पक्षमा आउने सम्भावना प्रबल छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
शुभचिन्तक र आफन्तको सहयोगले उपलब्धिमूलक कार्यहरू गर्न सकिनेछ । बौद्धिक क्षमताको प्रयोगले चेतनाको स्तर उकास्न सकिनेछ । प्रेम सम्बन्धमा टुंगो लाग्ने सम्भावना छ । शिक्षा सम्बन्धी व्यापारमा लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रियजनबाट उपहार प्राप्त हुने संकेत छ । राज्यसँग नजिकका काम गर्नेहरूले पद प्राप्त गर्न सक्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्नेहरूका लागि लाभदायक समय रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमार्फत आम्दानी बढ्न सक्छ । सानो प्रयासले ठूला काम सम्पादन हुनेछन् । आमा वा आफन्तसँगको भेटघाटमा सानो विवाद सम्भव छ, सचेत रहनुहोस् । प्रविधि र सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।