काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीको प्रदर्शनका क्रममा अत्यावश्यक संस्थामा छानिछानि आक्रमण भएको बताएकी छिन्।सिंहदरबारमा पदभार ग्रहणपछि उच्चपदस्थ कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री कार्कीले योजनावद्ध र षड्यन्त्रमुलक ढंगबाट आक्रमण गरिएको बताइन्।

‘मुलुकको अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानी प्रहार भएको छ। अदालतका फाइल, सिंहदरबारका पुराना रेकर्डहरु सबै नष्ट भयो।’ उनले भनिन् ‘बढो आश्चर्यको कुरा छ। किन यसरी जसले यो देशको शासन चलाएको भवनमा आक्रमण गरियो। यसको अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउनुपर्छ।