कपिलवस्तु । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका–४, सामुदायिक अस्पताल जाने बाटो नजिकै निर्माण गरिएको चिया छहारी भोलि उद्घाटन हुने भएको छ।

उक्त चिया छहारीको उद्घाटन बाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

कार्यक्रममा सम्पूर्ण नगरवासी, अतिथिहरु र शुभेच्छुकलाई उपस्थित भई सहभागिता जनाउन हार्दिक निमन्त्रणा गरिएको छ।

छहारी सञ्चालनमा आएपछि स्थानीयवासी तथा अस्पताल आवत–जावत गर्ने सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।