कपिलवस्तु । भदौ १५ गते आइतबारको बडकी आइतबार पर्वको अवसरमा कपिलवस्तु जिल्लाका आठ पालिकाले बिदा दिने निर्णय गरेका छन् ।बिदा दिने पालिकामध्ये कपिलवस्तु, बाणगंगा, शिवराज र महाराजगंज नगरपालिका साथै मायादेवी, सुद्धोधन, यशोधरा र बिजयनगर गाउँपालिका रहेका छन् ।

स्थानीय संस्कृतिसँग सम्बन्धित बडकी आइतबारलाई विशेष महत्व दिँदै पालिकाहरूले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । यस निर्णयले धार्मिक–सांस्कृतिक आस्थासँगै समुदायबीच एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।