बाणगंगा । बाणगंगा नगरपालिका–४ का डा. राजन सुवेदीले आफ्नो जन्मदिनको अवसरमा कपिलवस्तु डायलाइसिस सेन्टर नं. ४ मा उपचाररत बिरामीलाई फलफूल वितरण गरेका छन् ।

पीपरा अस्पतालमा कार्यरत डा. सुवेदी सामाजिक कार्यमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । उनले जन्मदिनलाई विशेष र अर्थपूर्ण बनाउन बिरामीबीच फलफूल वितरण गर्दै खुसी बाँडेका हुन् ।

फलफूल वितरण कार्यक्रममा Rotary Club of Central Kapilvastu का अध्यक्ष गोपाल खनाल, चार्टर प्रेसिडेन्ट धर्मराज भट्टराई, उम्मेदवार अध्यक्ष अर्जुन पोख्रेल, पूर्व अध्यक्ष माधव भाट क्षेत्री लगायतको उपस्थिती थियो ।सहभागीहरूले डा. सुवेदीले जन्मदिनमा देखाएको मानवीय कदमले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन् ।