कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० पचेंहरा हाटबजार नजिकै बमजस्तै देखिने एक वस्तु पड्किएको छ । तौलिहवा जाने सडक खण्डअन्तर्गत पचेंहरामा विस्फोट हुँदा करिब ४ फिट गहिरो र ७ फिट फराकिलो खाडल बनेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु वास्तविकमा बम हो कि अन्य कुनै वस्तु भन्ने विषयमा प्राविधिक अध्ययनपछि मात्र पुष्टि हुने इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र जि.सी.ले साझा डायरीलाई जानकारी दिनुभयो ।