कपिलवस्तु । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ कपिलवस्तुमा कपिलवस्तु क्वनकिडो संघ गठन भएको छ। संघको अध्यक्षमा अश्विन के.सी. निर्वाचित भएका छन्।गठित १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा मधु आचार्य, सचिवमा शेषकान्त मरासिनी, सह–सचिवमा पशुपति यादव, कोषाध्यक्षमा सन्ध्या सापकोटा रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रमुख मिनप्रसाद पोख्रेलले खेलकुदले राष्ट्रको गौरव बढाउनुका साथै स्वास्थ्य र अनुशासनलाई सुदृढ बनाउने बताएका छन्।

त्यसैगरी, क्वनकिडो संघका केन्द्रीय महासचिव टेकराज के.सी. ले जिल्लामा संघको स्थापना हुनु खेलकुदको क्षेत्रमा महत्वपूर्ण कदम भएको उल्लेख गरे।

नव–निर्वाचित अध्यक्ष अश्विन के.सी. ले कपिलवस्तुमा क्वनकिडो खेललाई लोकप्रिय बनाउन प्रशिक्षण, प्रतियोगिता र नियमित गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए।कार्यक्रममा अनेरास्ववियु कपिलवस्तु जिल्ला इञ्चार्ज विष्णु घिमिरे लगायतको उपस्थिती रहेको थियो।