कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई युवाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा स्थानीय रञ्जित बढइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय छोरा अम्बर रैदास रहेका प्रहरीले जनाएको छ ।

गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा करीब सवा २ बजे पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । पोखरीमा डुबेर तैरिरहेको अवस्थामा स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुवैके शब स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकाली पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिनुभयो ।