कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन्।आइतबार दिउँसो साढे १ बजेतिर महाकाली नदीमा दुई बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रेशम बोहराले जानकारी दिए।

भीमदत्त नगरपालिका-११ की ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त बेपत्ता भएका हुन्। उनीहरू नदीमा नुहाउन भनेर गएका थिए।उनीहरूको खोजी भइरहेको डिएसपी बोहराले बताए।