बाणगंगा, कपिलवस्तु । बाणगंगा नगरपालिका–८ मा क्रियाशील सामाजिक संस्था कपिलवस्तु ओएशिस क्लबको पुनर्गठन गरिएको छ। २०८२ साल साउन ३ गते बसेको भेलाबाट क्लबलाई सक्रिय, व्यवस्थित र युवामैत्री बनाउने उद्देश्यले पुनर्गठन गरिएको हो।

नवगठित कार्यसमितिको अध्यक्षमा महेन्द्र पाण्डे, उपाध्यक्षमा दीपेन्द्र पौडेल र सचिवमा अविषेक रेग्मी चयन भएका छन्। क्लबले सामाजिक सेवा, शैक्षिक सहयोग, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम लगायतका गतिविधिमा निरन्तर संलग्न हुँदै आएको छ।

भेलामा सहभागी सदस्यहरूले क्लबको विगतका सामाजिक क्रियाकलापहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

युवा र जनसमुदायको हितमा क्रियाशील रहने क्लबले विभिन्न सामाजिक कामहरूलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा कार्य गर्ने बताइएको छ।

पुनर्गठित कार्यसमितिमा विभिन्न जिम्मेवारीमा २८ जना सहितकाे समिति रहेकाे छ।