काठमाडौँ . ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका ३ थुङरुङ्वाका राजकुमार लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।

३९ वर्षीय देवान म‌गलबार घरमा बसिरहेका वेला मंगलबार अपराह्न पानीसँगै परेको चट्याङले लागेर घाग्दा घाइते हुनुभएको थियो। घाइते देवानलाई उपचारका लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको पारिवारिकले जनाएको छ ।