कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन सोमबार चर्चित आधुनिक गायक शिव परियार आउने भएका छन् । सोमबार शिवसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।
आईतबार रमेशराज भट्टाराई, लोकदोहोरी गायिका राधिका हमाल, गायक मिसन भुसाल, बालगायिका जिया भुसाल लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यसैबीच आईतबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका ६ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये विनिता भुसाल बाहिरिएको उनले जानकारी दिईन् । विनितालाई ससम्मान विदाई गरेको उनले बताईन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।