कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले पनि राष्ट्रिय गानसंगै सेवाग्राहीलाई सेवा दिन सुरुवात गरेको छ ।बिहान १० बजे सामूहिक राष्ट्रिय गानपछि कार्यालयको सेवा शुभारम्भ गर्ने गरी आईतावार देखि त्यसको सुरुवात गरिएको हो । कर्मचारीहरूलाई पोसाक,परिचय पत्र सहित कार्यालय परिसमा उभाएर राष्ट्रिय गान गाउने कार्य सुरुवात गरिएको हो ।
जिल्लाका अन्य केही पालिकाले यो परिपाटी अपनाउँदै आएका छन् ।
कर्मचारीलाई मर्यादित अनुशासित र समयको पालना गराउन यो कार्यले मद्दत मिल्ने मेयर अजय थापाले बताए । यो कार्यले कर्मचारीहरूमा राष्ट्रियता जाग्नुका साथै समय मै कार्यालयमा उपस्थित हुन प्रेरणा मिल्ने उनले बताए ।यसले कर्मचारीमा सामूहिकता महसुस हुने र सेवालाई प्रभावकारी बनाउन प्रेरणा मिल्ने उनको भनाई छ ।