काठमाडौं । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको छ। बाढीका कारण कैयौँ मानिसहरू फसेपछि अन्य केही उपाय नभएपछि हेलिकोप्टरबाट सुरक्षाकर्मीको सहायतामा उद्धार भइरहेको हो।
मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ। उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ। मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन्।