बाणगंगा । कपिवस्तुको बाणगंगामा विद्यालय जाँन हिडेकी एक बालिका एकसाता देखि सम्पर्कविहिन भएकी छिन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ बाणिगाउँ स्थित गिरबहादुर पुनको छोरी वर्ष १५ की सरिता पुन एक साता देखि सम्पर्कविहिन भएकी हुन ।
भदौ ३१ गते बिहान विद्यालय जाँन भनि विद्यालय पोशाकमा हिडेकी पुन हाल सम्म पनि सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन् । सरिताले बाणगंगा मावि लौगाइमा कक्षा १० मा अध्ययन गर्छिन् ।

यता सरिताका परिवारले आफ्नो छोरी सम्पर्कविहिन भएको घटना प्रहरीलाई समेत जानकारी गराएका छन् । सरिताका बुवा गिरबहादुर पुन मगरले अहिलेसम्म त्यसरी कहिँ नगएकी छोरी एक्कासी काहाँ गई भन्ने थाहा पाउन नसकको बताए ।उनले आफ्नो छोरीको खोजि कार्यमा सहयोग गरिदिन पनि आग्रह गरेका छन् । बुवा गिरबहादुर पुन र आमा बसन्ती पुनले सरितालाई कहि कतै फेला पारेमा आफ्नो सम्पर्क नम्बर 9803444696 मा सम्पर्क गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।आफूहरुले थाहा भएसम्मका स्थानमा खोजि गर्दा समेत हाल सम्म पनि छोरिको अवस्थाबारे थाहा पाउन नसकेको परिवारको भनाइ छ ।उता इलाका प्रहरी कार्यालय पिपराले समेत घटनाका विषयमा खोजी भइरहेको बताएको छ ।

ण्