चितवन,२२ भदौ । सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उनले बताए । स्रोत : रासस
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
Read more