काठमाडौं । मनाङ केन्द्र विन्दु बनाएर आज बिहान भूकम्प गएको छ। आज शनिबार बिहान ३ बजेर ४७ मिनेटमा मनाङ केन्द्र विन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको थियो।यसअघि पनि यहि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र विन्दु बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।