काठमाडौं । १७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ।राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि।सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

१७ पुस्तकालय दिवसका अवसरमा दुई साता अघि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम शुरु भएको छ। दिवस मनाउन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ।मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ। शिक्षा मन्त्रालयको २०७८।७९ को सर्वेक्षणले देशभर ९२८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो।