बाणगंगा ।कृषि ,वन विषयक बहुसरोकारवाला बिच छलफल कार्यक्रमको पाचाैं पुर्ण बैठक मधाैलिया सामुदायिक भवनमा सम्पन्न भएको छ।कृषी वन सहज कार्यक्रम अन्तर्गत फुलवारी सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ७ क.व.को आयोजना तथा विश्व खाध्य संगठनको सहयोगमा भएको पाचाैं छलफल बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष जयलालल गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।उक्त बैठकका प्रमुख अतिथी तथा महासंघका जिल्ला अध्यक्ष जयलाल गिरीले वनमा रहेको खाली जग्गालाई सदुपयोग गरि कृषी सँग जोड्ने,रोजगारी सँग जोड्ने ,प्रर्वद्धन सँग जोड्ने जस्ता कार्यमा बढी लाग्न समेत सुझाव दिनुभयो ।
उहाँले कपिलवस्तु जिल्लामा रहेका सामुदायिक वन जस्ले आर्थिक स्रोत नभएर दर्ता गर्न समेत रोकिएर बसेका भए त्यस्ता वनहरूलाई सहयोग गर्ने र यश कृषि वन सहज कार्यक्रममार्फत वनमा रहेको खाली जग्गा जमिनलाई सदुपयोग गरि त्यसमा बेसार खेति,डाले घाँस , कागति खेती आदि जस्ता कामहरू समेत सुरू भएको बताउनु भयो ।
अध्यक्ष गिरीले वनमा आश्रित समुदायको आर्थिक विकासका लागि वन तथा कृषि सहज कार्यक्रम प्रभावकारी हुने र वन तथा कृषि सहज कार्यक्रमले देशको अर्थतन्त्र समेत बजबुत बनाउन सहयोग पुग्ने बताउदै वनमा आधारित उद्योग स्थापना ,उत्पादन र त्यसलाई बजारीकरण गरि वनमा आश्रित परिवारको आर्थिक विकाससँगै समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
उक्त बैठक कृषि वन सहज कार्यक्रम बाणगंगा शाखाका अध्यक्ष ढाकाराम अधिकारीको अध्यक्षता , सामुदायीक वनका अध्यक्ष तथा पदाधिकारीहरु र विभिन्न कृषी र्फमका सञ्चालकहरु लगायत सामुदायिक वनसँग आवद्ध सरोकारवालाहरुको सहभागितामा पाचौं बैठक सम्पन्न भएको थियो ।