बाणगंगा,कपिलवस्तु ।
डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरिएको छ।कपिलवस्तु बाणगंगा नगरभित्रका विभिन्न वनहरुमा जोखिमपूर्ण रुपमा डढेलो नियन्त्रण गर्न एयर ब्लरको प्रयोग गर्न थालिएको हो ।त्यसैगरी कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्लावासमा रहेको खुतखुते सामुदायिक वनले पनि यस वर्ष वन क्षेत्रमा अग्निरेखा कोर्न र वनमा आगलागी भइ हालै सजिलै नियन्त्रण गर्नका लागी जर्मन प्रविधि बाट निर्माण भएको एयर ब्लर मेसिन खरिद गरेको छ । उक्त वनका अध्यक्ष भिम बहादुर पु्नका अनुसार धेरै जनशक्तिमा धेरै समय लगाएर गर्ने काम यो मेसिनले थोरै जनशक्तिको परिचालन गरी छिटो पनि गर्न सकिने बताउनु भयो ।
बाणगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले उक्त मेसिन वन क्षेत्रमामा परिक्षण गरि उद्घाटन समेत गर्नुभएको थियो । उहाँले यो मेसिनको प्रयोगबाट आगो लागि हाले नियन्त्रण गर्न पनि सजिलो हुने र लाग्न नदिन पहिले नै अग्निरेखा कोर्न पनि छिटो हुने भएकाले प्रभावकारी रहेको बताउनु भयो।
त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन समितीका प्रदेश अध्यक्ष दिपक थापाले वन क्षेत्रमा एयर ब्लोरको परिक्षण गर्दै वन क्षेत्रमा हुने डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरेको बताउनु भएको छ ।ब्लोर मेसिनबाट आएको हावाको वेगले पातपतिङर उडाएर स्थान परिवर्तन गर्छ। डढेलो लागेको पातलाई एकीकृत गर्दै अन्य पात सँगको सम्पर्क विच्छेद गरी आगो फैलिन नदिने हुर्दा उक्त खुतखुते सामु्दायिक वनका पदाधीकारी,सदस्यहरु लगायत सहभागीले ब्लोर प्रयोग गरी डढेलो नियन्त्रण गर्दा थप सुरक्षित हुने बताएका छन्।
एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने बताइएको छ। ब्लोरको सहायताले पात सफा गरी फायर लाइन बनाउन सकिन्छ। डढेलो लागेपछि नियन्त्रण गर्न प्रयोग हुन्छ।