रामजित तेली ,बाणगंगा ।
कृषि वन सम्बन्धी छलफल कार्यक्रम बाणगंगा वडा नं.७ फुलवारी सामुदायीक भवनमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, यू.एन.को टोली त्यसैगरी महासंघका कपिलवस्तु जिल्ला अध्यक्ष जयलाल गिरी र बाणगंगा वडा नं.७ का वडा सदस्य हरीशंकर पौडेल, बाणगंगामा रहेका वनहरुका अध्यक्ष एव्म प्रतिनिधीहरु लगायतको उपस्थितीमा दिगो वन व्यवस्थापन अन्र्तगतको वनमा भैरहेका क्रियाकलापहरु बारे छलफल तथा अन्र्तक्रिया भएको थियो ।

छलफल तथा वन अवलोकनका लागी आएका यू.एन.को टोलीहरुलाई भव्य रुपमा स्वागत गरिएको थियो । उक्त छलफल कार्यक्रममा कृषी वन सहज कार्यक्रमका टोलीहरु वन भित्र भैरहेका पुर्न उत्पादनहरुको पलटहरु तथा वनभित्र रहेका वोटविरुवाहरुको अवलोकन समेत गरेको महासंघका जिल्ला अध्यक्ष जयलाल गिरीले जानकारी दिनुभएको थियो ।

अध्यक्ष गिरीले जिल्लामा संचालित वन तथा कृषि सहज कार्यक्रमका विषयमा जानकारी दिन र कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।उहाँले वनमा आश्रित समुदायको आर्थिक विकासका लागि वन तथा कृषि सहज कार्यक्रम प्रभावकारी हुने र वन तथा कृषि सहज कार्यक्रमले देशको अर्थतन्त्र समेत बजबुत बनाउन सहयोग पुग्ने बताउदै वनमा आधारित उद्योग स्थापना ,उत्पादन र त्यसलाई बजारीकरण गरि वनमा आश्रित परिवारको आर्थिक विकाससँगै समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।