बुटवल ।

मोटरसाइकलमा घुम्न जाने योजना बनाउनु भएको छ ? यदि तपाईसँग मोटरसाइकल छैन भनेपनि चिन्तामा नपर्नुहोस् । तपाईको इच्छा पुरागर्छन्, बुटवल बाईक रेन्टल सर्भिसले । 

बुटवल बाइक रेन्टल सर्भिससले प्याकेज मार्फत मोटरसाइकल भाडामा लिई घुम्न पाउने व्यवस्था मिलाउँदै आएका छन् । उनीहरुले यात्राको दुरी, समय, मोटरसाइकलको प्रकार लगायतका विषयलाई आधार बनाएर भाडादर निर्धारण गर्ने गर्छन् ।

संचालकका अनुसार विशेषत बजाजका पल्सर,एनएस यामाहा एफजेड, , बुलेट लगायतका मोटरसाइकल तथा स्कुटर भाडामा लिने ग्राहकले दैनिक १५ सयदेखि २५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । 

बुटवल बाइक रेन्टल सर्भिसका संचालक गौरव खनालले मोटरसाइकल कति समयका लागि भाडामा लैजाने हो, सोही अनुसार प्याकेज निर्माण गर्ने जानकारी गराए । 

चालकसँग लाइसेन्स भए नभएको चेकजाँच गरेरमात्रै मोटरसाइकल उपलब्ध गराउने गरेको जनाए । “बाहिरि जिल्लाबाट बुटवलमा आएर अध्य्यन गर्न वा आफ्नो केहि समय वा केहि दिनको काम गर्नु पर्ने मानिसहरुलाई ध्यानमा राखेर हामीले यो सेवा दिदै आएका छौं’ संचालक गौरव खनालले बताए।

भाडामा मोटरसाइकल लिन चाहने ग्राहकले आफ्नो लाइसेन्स, नागरिकता, डिपोजीट रकम बापत नगद र मोटरसाइकलको मूल्य बराबरको बैंकको चेक बुझाउनु पर्ने छ । चेक जमानतको रुपमा मात्र रहने छ सेवाग्राहिले साधन ल्याए पछि पुन चेक फिर्ता गरिने संचालक खनालले बताए।

यसरी भाडामा लिएको मोटरसाइकल सेवाग्राहीले नेपालको जुनसुकै कुनासम्म लान पाउने छन् । यदि यात्राको दौरान दुर्घटना भयो भने त्यसको जिम्मेवार चालक नै हुनु पर्ने छ । यात्राको क्रममा मोटरसाइकल सर्भिसिङ गर्नु पर्ने अवस्था आएमा कम्पनीले त्यसको खर्च व्योहोर्ने छ ।मोटरसाइकल भाडामा लिन चाहने ग्राहकले विहान ८ बजे कार्लयमा गएर लिन सक्ने भने एक दिनको लागि भाडामा लिने मानिसले बेलुका ५ बजे भित्रै बुझाउनु पर्ने जनाएको छ ।