साझा डायरी ।
दाङको ग्वारखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको राजपुर गाउँपालिका–१ गुरुङ खोला घर भई तुलसीपुर उपमहानगरपालिका-७ स्थित मामा घरमा बस्दै आएकी ७ वर्षीया समीक्षा खड्काको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो।जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार आइतबार दिउँसो साढे २ बजेतिर नुहाउन गएकी खड्काको ग्वारखोलाको खाडलमा परी डुबेर मृत्यु भएको बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले समीक्षा, उनका भाइ, मामाका छोरा, ठूली आमाका छोरासहित चार जना दिउँसो ग्वारखोलामा नुहाउन गएका थिए।समीक्षा तुलसीपुस्थित मामा घरमा बसेर पढ्दै आएकी थिइन्। आमा धान काट्न गएको बेलामा बालबालिका नुहाउन खोलामा पुगेको प्रहरीले बताएको छ।