साझा डायरी, बाणगंगा ।
पछिल्लो समय दाँत तथा मुख रोगका बिरामीहरुको समस्याको समाधान र त्यसको निदानमा यस क्षेत्रकै पुरानो एवम् विश्वासिलो डेन्टल फेमिली डेन्टल केयर सेन्टर प्रा.लि उत्कृष्ट साबित भएको छ ।बिगत १५ बर्षदेखि कपिलवस्तुको बाणगंगा १ चारनम्बरबाट सेवा दिँदै आईरहेको उक्त डेन्टलको दन्त चिकित्सकबाट उपचार तथा परामर्शकै कारण दाँत तथा मुख रोगसंग सम्बन्धित बिरामीहरुको पहिलो राजाईमा डेन्टल परेको हो । त्यसोत बाणगंगाको चारनंबर सहित नगरभित्र पनि यस्तै डेन्टल नभएका होईनन् तर रोजाईमा भने फेमिली डेन्टल नै छ,यसको मुख्य कारण डेन्टल प्रति बिरामीहरुको बिश्वास अनि डेन्टलले प्रदान गर्ने उपचार तथा परामर्श सेवा ।
यसका साथै डेन्टलमा अनुभवी तथा दक्ष डाक्टरहरुको सफल उपचार तथा परामर्शले पनि बिरामीहरु उक्त डेन्टल प्रति आकर्षित हुनुको अर्को मुख्य कारण बनेको छ ।डेन्टलमा दैनिक रुपमा लुम्बिनी पा्रदेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर नारायण पोख्रेलले बाँङ्गेको दातलाई सिधा बनाउने,तथा दात सम्बन्धी सम्पुर्ण समस्याको उपचार गर्दै आउनु भएको छ भने भैरहवा मेडिकल कलेजमा कार्यरत डाक्टर शाहिद अलिले दुर्घटनामा मुखको हड्डी भाँचिएको,मुखको क्यान्सर,मुखमा आएको घाँउ खटिराको उपचार तथा गाठाँ गुठिको सफल शल्यक्रिया गर्दै आउनुभएको फेमिली डेन्टलका प्राेपाईटर सिनियर डेण्टल हाईजेनिष्ट कृष्ण पाेख्रेल बताउनुहुन्छ ।
फेमिली डेन्टलले दैनिक रुपमा दाँत सफा गर्ने, फिलिङ् गर्ने, दाँतको जरैदेखि उपचार,गिजाको उपचार,दाँत उखेल्ने,साधारण शल्यक्रिया,कृत्रिम दाँत बनाउने,दाँतमा खोल लगाउने,बाँगो टेडो दाँत सिधा बनाउने,दाँतको एक्सरे लगाएत दाँत,मुख तथा गिजासम्बन्धी सम्पुर्ण उपचार सेवा प्रदान गर्दै आईरहेको डेन्टलका सन्चालक शिला खनाल पोख्रेलले बताउनु हुन्छ ।
डेन्टलमा सेवा लिनका लागी कपिलवस्तुको बाणगंगाका मात्रै नभएर छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही, दाङ् तथा प्युठान लगाएतका स्थानहरुबाट बिरामीहरु आउने गरेका छन् ।