चेतन विष्ट, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा जारी दोस्रो मोतिपुर फुलबारी कप फुटबलको दोस्रो दिन आज हरैया एफ।सि। र एपिएफ चन्द्रौटा विजयी भएका छन । आज भएको पहिलो खेलमा एपिएफ चन्द्रौटाले विजयी सुरुवात गरेको छ । फ्रिडम फाउन्डेसन नेपाललाई ३—१ गोलले हराउँदै एपिएफ ले विजयी सुरुवात गरेको हो ।त्यस्तै आजै भएको दोस्रो खेलमा हरैया एफ।सी। ले शुद्धोधन खेलकुद विकास समिति रुपन्देहीलाई १—० गोलले हराएको छ ।
यसैबिच भोलि सोमबार हुने पहिलो खेलमा पारिजात पब्लिक स्कुल गोरुसिङ्गे र शान्तिदीप युवा कल्ब तथा दोस्रो खेलमा लभ नेपाल, पिपरा र युनाईटेड फुटबल क्लब पडेरिया बिच प्रतिसपर्धा हुने आयोजकले जनाएको छ ।
खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा भैरहेको खेल असोज ३० गते सम्म चल्ने आयोजकले जनाएको छ ।
हिजो भएको खेलमा दोस्रो फुलबारी कप फुटबलको उद्घाटन खेलामा बाणगंगा वेलफेर एण्ड स्पोर्ट क्लवले आयोजक मोतिपुर प्रगतिशिल युवा क्लव लाई हराएको थियो ।