विराटनगर ।
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले राजीनामा दिने भएका छन् ।
कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन ।
संविधानको धारा १६८ ९५० अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६७ ९३० अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ ९५० अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिएका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ ।तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिन लागेका हुन् ।