पशुपति गिरी ,बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बरं. ८ स्थित नवप्रभात सामुदायिक वनको अध्यक्षमा पुन: दोस्रो कार्यकालका लागि सर्बसहमतबाट डिल्लीराज रेग्मी चुनिनु भएको छ । मंगलबार वन कार्यसमितिको आगामी वर्षको नयाँ नेतृत्वका लागि रेग्मी चयन भएका हुन ।
समुहको १३ औं साधारण सभा तथा ७ औं अधिवेशनले रेग्मीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा मित्रलाल कडेल,सचिवमा सीता भुसाल पाण्डे,कोषाध्यक्ष लक्ष्मी पौडेल, सह सचिव प्रेम वि,क, लेखा संयोजक राम प्रसाद पौडेल,लेखा सदस्य तेजेन्द्र (विष्णु पौडेल), दया भण्डारी र सदस्यहरुमा मन्कुमारी मल्ल,रनबहादुर थापा,शिवकुमारी थारु,सारदा पोख्रेल,सत्यनारायण थारु,मिना खड्रका,बिमला घिमिरे,सोव बहादुर खासु,रुकमाघर पन्थी र कल्पना गैरे चयन हुनु भएको छ ।
यस्तै अध्यक्ष रेग्मीले नवप्रभात सामुदायिक वनलाई राज्यको निति अनुसार दिगो वन व्यवस्थापनमा परिणत गरेर वनको संरक्षण संवर्धन तथा स्तर उन्नतिमा परिवर्तन गर्दै उपभोक्ताको हितकामा आफ्नो टिमले काम गर्ने बताउनु भएको छ ।