काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशस्तरिय भेला बोलाएको छ । असोज २० गतेका लागि भेला बोइलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
भेलामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार समिति, संघीय परिषदका सदस्यहरुलाई बोलाइएको उनले बताए ।
भेलाले प्रदेशको सांगठनिक योजना तर्जुमा गर्नुका साथै लुम्बिनी प्रदेश समिति समेत पुनर्गठन गर्ने उनको भनाइ छ ।
भेलामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला तथा पालिका, जनवर्गीय संगठनका अगुवा कार्यकर्ताहरुको समेत उपस्थिति रहने छ ।
जसपाले ३ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ ।