सुर्खेत ।
नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्ने भएको छ ।
आगामी असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि शनिबार प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्न लागिएको हो ।
प्रदेश अधिवेशनका लागि कर्णालीका १० जिल्लाबाट ५५४ र एमालेका जनवर्गीय सङ्गठनहरूबाट ५० जना गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट भएर आउने एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले जानकारी दिए ।