काठमाण्डौ ।
डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
अत्तरियाबाट डोटीका लागि छुटेको अटोरिक्सा गएराति भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो।
घाइते वीरबहादुर कुँवरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । अटोमा तीन जना रहेका थिए ।