साझा डायरी बाणगंगा ।
कोशी प्रदेशका नयाँ मुख्यमन्त्री हिक्मत कार्कीले सपथ लिएका छन् । नेकपा ९एमाले० कोशी प्रदेशका संसदीय दलका नेता समेत रहेका कार्कीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् ।कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्री कार्कीलाई सपथ गराएका हुन् । सर्वोच्चको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।हिजो बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
कोशी प्रदेशमा आज ३ मन्त्री र १ राज्यमन्त्रीसहित आजै मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका छन् ।कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै सोही मन्त्रालय सम्हालेका थिए ।त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् ।साथै भोजपुरबाट समानुपातिक सांसद सिर्जना राई सामाजिक विकास राज्यमन्त्री भएकी छन् । नवनियुक्त ३ जना मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराए भने नवनियुक्त राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्कीले सपथ गराएका हुन् ।