दाङ ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बिहीबार राति लमही नगरपालिका-२ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ।
बाटोको छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको प्रहरीको भनाइ छ।
चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको छ।