साझा डायरी बाणगंगा ।
बाणगङ्गा नगरपालिका वडा नं. ४ सिद्धिपुरमा रहेको बिग भिजन कम्प्युटर इन्स्टिच्युटको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।”शिक्षाको रुपान्तरणमा युवाको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता विहिबार लुम्बिनी भिजन कलेज बाणगंगा ३,गंगौलियामा सम्पन्न भएको हो । बिग भिजन कम्प्युटर इन्स्टिच्युटकोआयोजना व्यवस्थापन तथा लुम्बिनी भिजन कलेजको सहयोगमा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका” बिषयक बक्त्त्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा लुम्बिनी भिजन कलेजका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । बिग भिजन कम्प्युटर इन्स्टिच्युटका सञ्चालक आशिष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी भिजन क्याम्पसका क्याम्पस प्रमुख सुन्दर पाण्डे र विशिष्ट अतिथीमा क्याम्पसका सि.इ.यो कृष्ण के.शी.रहेका थिए।उक्त बक्तृत्व कला प्रतियोगितामा प्रथम राम आचल बानिया, दोश्रो करिश्मा चाई र तेस्रो स्थानमा आकृति विश्वकर्मा भएका थिए।विजयताहरुलाई प्रमुख अतिथि पाण्डेले प्रमाण पत्र वितरण गर्नु भएको थियो । बिग भिजन कम्प्युटर ईन्स्टिच्युटले विद्यार्थीहरुलाइ कम्प्युटर मात्रै नभएर उनीहरुलाई बाहिरी ज्ञान पनि दिएको छ, भने अहिलेका परिक्षा दिएर बसेका तथा पढ्ने विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युट ले जनाएको छ । यस ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विषयका कक्षाहरू भैरहेका सञ्चालक चौधरीले बताउनु भयो ।