रिता खनाल,बाणगंगा ।
उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।हिजो शुक्रबार आफ्ना सदस्य रहेका सम्पुर्ण क्षेत्रहरूमा साधारण सभाको प्रस्तावहरु उपर छलफल गरि आज प्रतिनिधि मुलक रुपमा आफ्नै सभाहलमा साधारण सभा सप्पन्न गरिएको हो ।
नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीको प्रमुख आतिथ्यता , सचिवालय सदस्य तथा संरक्षक टोपनारायण बेल्बासेको बिशिष्ट आतिथ्यता , प्रदेश कमिटी सदस्य मनोज नेपाली , गोरिराज पौडेल , कृष्ण बहादुर कलवार , रेवता पौडेल , भरत पोख्रेल , सल्लाहकारहरु अर्जुन पोख्रेल ,अर्जुन सापकोटा, राम प्रसाद गैरे, प्रेस सल्लाहकार डिला भुसाल, बित्त सल्लाहकार प्रेमराज घिमिरे , कानुनी सल्लाहकार मीन प्रसाद पोख्रेलको आतिथ्यता रहेको कार्यक्रममा महिला उपाध्यक्ष गिता पौडेलको स्वागत मन्तव्य, अर्जुन पोख्रेल, रेवता पौडेल , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल , टोपनारायण बेल्बासे तथा खेम नारायण पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभाले अध्यक्षको भाबी नीति तथा कार्यक्रम , महासचिव को बार्षिक प्रगती प्रतिबेदन , कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसहमत पारित गरेको छ । त्यसैगरी बिधान सम्सोधन प्रस्ताव , प्रथम कपिलवस्तु ब्यापार मेला एबम कृषि , पर्यटन तथा औद्योगिक प्रर्दशनी २०८०, बैठक कार्यबिधी कार्यान्वयन एवम सदस्य राहत कार्यबिधी अनुमोदन गरेको छ ।
त्यसैगरी तत्काल आवश्यक कार्यबिधी , नीति नियम देखियमा कार्यसमितिले पारित गरि लागू गर्न सक्ने , लेखापरिक्षणको लागि लेखापरीक्षकको नियुक्ति कार्यसमितिले गर्न सक्ने निर्णय समेत साधारणसभाले गरेको छ ।
स्थापनाको १४ महिनामै संस्थाले राष्ट्रिय स्तरमा समेत चर्चा पाउनु , भारतमा समेत संस्थाको बारेमा जानकारी गराउदै कपिलवस्तुमा लगानीको बातावरण बनाउन पहल गरिरहेको जानकारी गराउदै सस्थालाइ यो अवस्था सम्म ल्याइ पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्णमा धन्यवाद एबम् आभार सहित सदैब साथ सहयोग र सहकार्यको अपेक्षा गरेको संस्थाका अध्यक्ष खिमानन्द पौडेल बताउनु भयो । कार्यक्रम महासचिव बासुदेब खनालको सहजीकरणमा सम्पन्न भएको थियो ।