दाङ ।

दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ ।

विद्युत् सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।


बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
उनले आगलागीबाट दुईतले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिलमा पनि क्षति पुगेको बताए ।

उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ