गुल्मी ।
गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त भएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गरेका हुन् ।बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो । सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो वान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् ।
बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन् । बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन् ।बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाइ छ । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।