साझा डायरी अनलाइन ।
प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर–४ बझाङमा २०१६ साल साउन ३० गते बुवा जयराज जोशी र आमा थेपु जोशीको कोख बाट कान्छो छोराको रुपमा जोशीको जन्म भएको हो । जेठा दाई गोपीलाल जोशी, माईला भानुभक्त जोशी त्यस्तै कान्छी बहीनी सिता जोशी हुन ।
उनले २०३२ सालमा सान्ति मावि चौघानपाटा बाट एसएलसी पास गर्दे (२०३६–२०३९ ) मा शिक्षा संकाय, शिक्षा शार्ष संस्थान नेपालगञ्ज बाके बाट आई एड गरी (२०४३–२०४५) मा शिक्षा संकाय त्रि वि वि किर्तिपुर बाठमान्डौंमा बिएड गर्नु भएको थियो ।
२०३३ सालमा प्रावि तह शिक्षक हुदैं २०४० सालमा निमाबी तह स्थाई शिक्षक हुनुभएका जोशी (२०४५–२०४७) मा ग्रामिण बिकाशका लागि शिक्षा परियोजना सेतिको कोडिनेटर रहनु भएको थियो । साथै २०४७ सालमा सान्ति मावि चौघान पाटामा स्थाई शिक्षक भएर राजीनामा दिनुभएको थियो ।
२०३६ सालमा अनेरास्ववियु पाचौमा संगठित भई नेपालगञ्ज बाके जिल्ला कमिटीमा काम गरी २०४७ सालमा नेकपा माले बझाङ जिल्ला संस्थापक पार्टी सचिवमा (२०६०–२०७७) मा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य हुदै २०७७ असोज देखी नेकपा एकिकृत समाजवादीको स्थाई कमिटी सदस्य बन्नु भएको थियो ।
२०४८ सालमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभामा उम्मेदवार भई थोरै मतान्तरले पराजित भएका जोशी २०५१ सालमा बझाङ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।
२०६४ सालमा बझाङ क्षेत्र नम्बर १ बाट सम्बिधान सभा सदस्यमा निर्वाचित सार्वजनिक लेखा समितीको सदस्यमा काम गर्नु भएका जोशी (२०६७–२०६८) सालमा वन तथा भुसंरक्षण मन्त्रिको जिम्वारी लिनु भएको थियो । र उहाँ २०७९ साल मंसिरमा भएको चुनावमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।