धेरै मानिसलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । कतिपयले त खानापछि आराम गर्ने वा केही बेर सुत्ने रुटिन नै तयार पारेका हुन्छन् । यद्यपि, बेलुकासमेत खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । किनभने, यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ ।
रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जसलाई दिउँसो धेरै निद्रा लाग्ने गर्छ ।वैज्ञानिकहरुका अनुसार दिउँसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा कम हुने गर्छ । उर्जाको मात्रा कम हुनुले नै मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउँसो केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउँसो निकै धेरै निन्द्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा कारण हो । त्यसैले दिउँसो धेरै निद्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।
यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।
दिउसो बढि निद्रा लाग्नुको अर्को कारण तपाइँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निन्द्राका लागि जिम्मेवार हुन्छन् । खासगरी डिप्रेसनको उपचारमा सेवन गरिने, चिसोको उपचारमा तथा एलर्जीको उपचारमा खाइने औषधिले पनि निकै निद्रा जगाउँछन् ।
दिउसो पर्याप्त घाम नताप्नु वा गुम्सिएर बस्ने गर्दा पनि निद्रा आउन सक्छ । यसले जोर्नी दुख्ने लगायतका समस्या पनि थपिदिन सक्छ ।
तपाइँलाई दिउसो निकै निद्रा आउँछ र माथि उल्लेखित कारणहरु मध्ये कुनै कारण तपाइँको सन्दर्भमा मेल खान्छ भने तपाइँले धेरै ठूलो चिन्ता लिनु परेन ।
सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निद्रा लाग्ने समस्या हट्छ । तर दिउसोमा निकै धेरै अल्छी लाग्छ र माथि उल्लेखित कारणहरु मेल खाँदैनन् भने गम्भीर हुनुहोस् । यसको अर्थ तपाइँको मानसिक वा शारीरिक स्वास्थ्यमा केही खराबी छ भन्ने हो । त्यसैले चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।
अब यसकारण लाग्छ खाना खाने बितिकै निद्राः
– खाना खाएपछि आरमसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय टहलिने वा क्रियाशील रहने गर्नुपर्छ ।
– प्रत्येक दिन मानिसलाई खानालगत्तै निद्रा नलाग्न पनि सक्छ । तर, वास्तविकता के हो भने प्रायःलाई खाना खाएपछि निद्रा लाग्ने गर्छ । सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । यसका थुप्रै कारण छन् ।
– अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवनपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । र, यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ ।
– यसबाट बच्न खानाको मात्रामा पनि ध्यान पु(याउनुपर्छ । एकैपटक ठूलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा प्रयोग गर्दा राम्रो हुन्छ ।
– यसका लागि डाइट पनि सन्तुलित मात्रामा लिँदा राम्रो हुन्छ । जसमा काब्र्सको मात्रा कम र पोषण तत्वको मात्रा बढी हुन जरुरी हुन्छ ।
– यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ ।
– विज्ञ भन्ने गर्छन् कि फुड कोमाबाट बच्न खानाको प्याटर्नबारे जानकारी राख्न जरुरी हुन्छ ।