साझा डायरी, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित बाणगंगा नदिबाट सिँचाईका लागि बनाइएको स्थानीय कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने गंगाराम थारुकी श्रीमती अन्दाजी ५० वर्षीय गुड्ढी थारुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बिहानको समयमा कुलोमा माछा मार्नै क्रममा बगाउँदा ति महिलाको मृत्यु भएको र उनको शव झण्डै एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
मृतक थारुका श्रीमान सहित २ छोरी र एक छोरा छन् । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।