बुटवल,
युवा तथा किशाेरा अवस्थामा बढ्दै गएकाे लागूऔषध दुब्यसन तथा लागूऔषध दुर्वसन कारणले सामाजिक अपराधका घटनाहरु दिनानुदिन बढ्दै गएका छन । नेपाल प्रहरीकाे अपराध अनुसन्धान शाखाका रिपाेर्टअनुसार किशाेरअबस्थाका बालबालिका तथा युवा संलग्न भएका सामाजिक अपराधका घटनामा लागूऔषध प्रयाेग तथा सेवन प्रमुख कारण देखिएकाे छ । साथै किशोर उमेरसमुहका युवाहरूलाई लागूऔषध दुब्यसनकाे सिकार बनाई पेशेवार अपराधीहरुले अपराधका घटनामा संलग्न गराउने समेत प्रहरीकाे रिपाेर्टमा देखिएकाे छ । किशोरअबस्थाका बालबालिका तथा युवाहरुले गर्ने लागूऔषध सेवन, लागूऔषध कारण सामाजिक अपराधमा संलग्न हुने कारण, आधार तथा यसवाट बच्ने जानकारी तथा सचेतना फैलाउदा नजानिदाे तरिकाले किशाेरावस्थाका वालकालिका तथा युवाहरूलाई दुब्यसनकाे लतबाट बचाउन सकिन्छ जसले गर्दा प्रत्यक्ष पराेक्ष सचेत समाज निर्माणमा सघाउ पुग्छ साथै सामाजिक अपराधका घटना समेत कम हुँदै जान्छन । यसै कुरालाई मध्यनजर गर्दै पहिलाे पाईला नेपाल बुटवल शाखाले लागूऔषध दुब्यसनी तथा बढ्दाे डेंगु तथा आँखापाक्ने राेग सम्वन्धी राेगसम्वन्धी संयुक्त सचेतनामुलक कार्यक्रम बुटवल ११ देविनगरस्थित श्री नवीन अाैधाेगिक कद्दर बहादुर रिता माध्यमिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका ५०० जना बिद्यार्थी माझ सम्पन्न गरेकाे छ ।
वडा प्रहरी कार्यालय बुटवल ९ रामनगरका कार्यालय प्रमुख प्रहरी निरिक्षक अर्जुन पाैडेलले लागूऔषध दुब्यसन तथा यसवाट सिर्जना हुने सामाजिक अपराध र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डाक्टर शम्भु खनालले बढ्दाे डेङ्गु तथा आँखापाक्ने राेगकाे बिषयका सहभागीहरूलाई जानकारी तथा सचेतनामुलक प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।
सचेतनामुलक कार्यक्रम लागूऔषध दुब्यसन तथा यसले श्रृजना गर्ने सामाजिक अपराधका बिषयमा प्रशिक्षण प्रदान गर्दै प्रहरी निरिक्षण अर्जुन पाैडेलले किशाेराबस्थाका वालबालिका तथ युवाहरू दुर्व्यसनमा फस्ने कारण, पेशेवार अपराधीले लतमा फसाउने अबस्था, दुब्यसनले गर्दा परिवार, आफन्त तथा समाजमा फैलाउने सन्देस, सामाजिक अपराधमा दुब्यसनी संलग्न हुने अबस्था, विद्यमान कानुनी ब्यबस्था, कारवाही, यसवाट बच्ने उपायका बारेमा बताउदै विभिन्न घटनाहरू समेत जानकारी गराउनुभएकाे थियाे । सचेतना कार्यक्रममा उपस्थित बिद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गर्दै प्रहरी निरिक्षक पाैडेलले विद्यार्थीहरू सानाे कारणबाट नै लागुअाैषद दुब्यसनमा फस्ने र यसले दुरगामी रूपमा सामाजिक अपराधका जघन्य घटना निम्त्याउने भएकाेले यसबाट सचेत रहन तथा यश कार्यक्रम सिकेका सिकाई जानकारी भएका घटनाकाे बारेमा आफ्नाे परिवार, आफन्त, साथीभाई लगायत सम्बन्धित सबैलाई जानकारी गराई सम्भावीत दुव्यसनी तथा घटनाबाट वच्न तथा बचाउन सहभागी बिद्यार्थीकाे ठुलाे भुमिका हुनेहुदा यसप्रति पनि ध्यान दिन आग्रह गर्नुभएकाे थियाे ।
साेही कार्यक्रममा बढ्दाे डेंगु प्रकाेप तथा आँखापाक्ने राेग सम्वन्धी बिषयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डाक्टर शम्भु खनालले प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे । डा. खनालले भाईरल रूपमा फैलिएकाे आँखापाक्ने तथा डेंगु राेग सम्वन्धी जानकारी, सर्ने प्रक्रिया, उपचार, राेकथामका उपाय लगायतका बिषयमा सहभागी बिद्यार्थीहरूलाई जानकारी प्रदान गर्नुभएकाे थियाे । डा. खनालले सचेतना तथा राेकथामका उपायतर्फ जाेड दिदै राेग लाग्नुभन्दा राेग लाग्न नदिनेतर्फ सचेत रहन र त्यसका लागि राेकथामका लागि अवलम्वन गर्नुपर्ने क्रियाकलापका बिषयमा जाेड दिनुभएको थियाे । कार्यक्रम साेही विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतकाे प्रमुख आतिथ्यता, प्रशिक्षणद्वय प्रहरी निरिक्षक अर्जुन पाैडेल र डा. शम्भु खनालकाे विशेष आतिथ्यता, पहिलाे पाईला नेपाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष आयुष पाैडेल, बुटवल शाखाका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति, बुटवल शाखा उपाध्यक्ष सन्ताेष बन्जाडेकाे स्वागत मन्तब्य, अध्यक्ष विनाेद बस्यालकाे अध्यक्षता तथा सहसचिव मनिष खनालकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।