धर्मेन्द्र कुमार कुर्मी विजयनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ बासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् ।चरागाहवा नदीको नेपाल भारत बॉर्डर कटानका कारण मानपुर गाउँवासी राति नदी गाउँ पस्छ कि भन्ने त्रासमा रातभर जाग्राम बस्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । चरागाहवा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो ।
नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसँगै भएर नदी बग्न थालेको छ । तीन गाउँ खतरा नदी कटान ठुलो समस्याको रूपमा देखापरेको छ । नदी कटानका कारण सो क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको हो ।
जानता अनुसार बाँध कटानका कारण हामी रातभर जाग्राम बस्न बाध्य छन् । ‘यो समस्याको समाधानका लागि ठोस योजनासहित नदी कटान व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउनु पर्छ ।